Comments Add Comment

‘हर्ट एट्याक’ र ‘कार्डियक एरेस्ट’मा के छ फरक ?

व्यस्त दैनिकी तथा कामको दबाबका कारण हरेक व्यक्ति स्टे्रस तथा तनावसँग जुधिरहेका हुन्छन् । यसै कारण पछिल्ला केही वर्षदेखि मुटु रोगीहरुको संख्यामा वृद्धि भैरहेको छ । पहिला-पहिला मुटुसँग सम्बन्धी रोगहरु वृद्ध-वृद्धाहरुलाई मात्र लाग्छ भन्ने धारणा थियो ।

तर, अहिले २२ वर्षका युवा-युवतीहरुमा समेत मुटु सम्बन्धी समस्या देखिनु सामान्य भईसकेको छ । मुटुसँग सम्बन्धित बिरामीहरुप्रति जागरुकता फैलाउनका लागि हरेक वर्षको २९ सेप्टेम्बरलाई विश्वभरी नै विश्व मुटु दिवस मनाउने गरिन्छ ।

मुटुका मुख्य समस्याको रुपमा रहेको हार्ट अट्याक तथा कार्डियक एरेस्टका कारण सर्वाधिक मानिसहरुको निधन भईरहेको छ । कतिपय मानिसहरुलाई यी दुई समस्याहरुको अन्तरको बारेमा जानकारी नै हुँदैन र उनीहरु यी दुबै समस्यालाई एउटै रोगको रुपमा लिइरहेका हुन्छन् । यी दुबै रोगको अन्तरका बारेमा जान्नका लागि यी रोगले शरीरमा कस्तो प्रकारको प्रभाव पार्छन् भन्ने कुरा पनि बुझ्नु अनिवार्य छ ।

के हो हृदयघात ?

हृदयघात त्यो बेला हुन्छ जब कोरोनरी धमनीहरुमा रुकावट उत्पन्न हुन्छ । ती रक्त बाहिनीहरु हुन्, जसले मुटुको माशंपेशीसम्म रगतलाई पुर्‍याउने काम गर्छन् । किनभने मुटु एउटा मांशपेशी हो, त्यसैले त्यसलाई आफ्नो काम गर्नका लागि अक्सिजनयुक्त रगतको आवश्यकता पर्दछ । कोरोनरी धमनीहरुमा रुकावट आयो भने मानिसलाई हृदयाघात अर्थात हर्ट एट्याक हुन्छ । किनभने त्यो बेला मुटुको मांशपेशीसम्म रगत पुग्न पाएको हुँदैन । यदि अवरुद्ध भएका कोरोनरी धमनीहरुलाई चाँडै खोल्न सकिएन भने मुटुको मांशपेशी मर्न थाल्छ ।

हार्ट अट्याक भएपछि के हुन्छ ?

हार्ट अट्याक भएपछि तपाईंको छातीमा पीडा हुन्छ, छाती पोल्न थाल्छ, एक प्रकारको दबाबका साथै छातीको दुखाई अत्यधिक बढ्छ । यो बेला व्यक्तिको देब्रे काँध तथा देब्रे हातसहित शरीरको माथिल्लो-देब्रे क्षेत्रमा दुखाईको अनुभव हुन्छ । कार्डियक अरेस्ट झैं सामान्यतया हार्ट एट्याकमा मुटुको धड्कन बन्द हुँदैन ।

के हो कार्डियक अरेस्ट ?

कार्डियक अरेस्ट त्यो बेला हुन्छ, जब मुटु पूरा तरिकाले धड्किन बन्द हुन्छ । यो मुटुमा एउटा इलेक्टि्रक खराबीका कारण प्रारम्भ हुन्छ, जसका कारण मुटुको धमनीहरु अनियमित हुन थाल्छन् । यी दुबैकाबीच प्राथमिक अन्तर के हुन्छ भने हृदयघात हुँदा मुटु धड्किरहन्छ, चाहे मुटुका मांशपेशीहरुमा रगत नपुगिरहेको नै किन नहोस् ।

कार्डियक अरेस्ट भएपछि के हुन्छ ?

कार्डियक अरेस्ट हुँदा मुटुको धड्कन नै बन्द हुने भएकाले व्यक्ति बेहोश नै हुन्छ । श्वास-प्रश्वास नै रोकिन्छ र पल्स समेत भेटिँदैन । कार्डियक अरेस्ट भएपछि यदि तुरुन्त उपचार भएन भने केही मिनेटमै बिरामीको निधन हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment