+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सीको सवारी हुँदा सडक किनारमा उभिन नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २५ गते १०:११

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ ।

राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार अपराह्न काठमाडौं आइपुग्दैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।

विमानस्थलबाट होटल सोल्टी जानेछन् । त्यसपछि शीतल निवासमा भेटवार्ता हुनेछ ।

काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।

राष्ट्रपति सीको सवारीका क्रममा सुरक्षाका लागि सडक किनार खाली गर्न लागिएको महानरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?