Comments Add Comment

तेस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग सुरु

बिजेतालाई ४ लाख पुरस्कार

२५ असोज, बुटवल । तेस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग शनिबार भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।

उद्घाटन खेलमा अहिले पाल्पाली लेजेन्डस् र सुपर ११ भैरहवाबीच प्रतिस्पर्धा भएको छ । पाल्पाली लेजेन्डसले टस जितेर फिल्डिङ रोजेपछि सुपर ११ ले ब्याटिङ गरिरहेको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लबको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाले खेलकुदमार्फत क्रिकेटको विकासका लागि खेल सञ्चालन गरिएको बताए ।

प्रदेशस्तरको सबैभन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment