+
+

सीसँग डिनरको ड्रेसकोड : तुनावाला कालो जुत्ता अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २५ गते १४:३०

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने रात्रिभोजमा सहभागी हुनेहरु कडा अनुशासनमा बस्नुपरेको छ । सोल्टी होटलमा साँझ ७ बजेपछि आयोजना गरिएको रात्रिभोजमा सहभागी अतिथिहरुले पोशाकको रंगदेखि खाना खाने समयमा समेत ध्यान दिनु परेको छ ।

परराष्ट्र मन्त्रालयले निम्तो कार्डसँगै अतिथिहरुले पालना गर्नुपर्ने नियम बुँदागत रुपमा लेखेर पठाएको थियोे ।

रात्रिभोजमा सहभागी हुने पुरुषहरुलाई नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल र ढाका टोपी लगाउन भनिएको थियोे । राष्ट्रिय पोशाक नलगाउनेहरुले सेतो सर्ट र गाढा कालो रंगको सुट लगाउन भनिएको थियोे । जुत्ता भने तुनावाला कालो रंगको तोकिएको थियोे । मन्त्रालयले भनेेेअनुसार महिलाहरुले सारी वा गाढा रंगको सुट लगाएका थिए ।

अतिथिहरुलाई सुरक्षा जाँच गराएरमात्र रात्रिभोज स्थलमा प्रवेश दिइएको थियो । त्यसैले तोकिएको समयभन्दा ४५ मिनेट अगाडि नै भोजस्थलमा पुगिसक्न भनिएको थियोे ।

भोजको बेला मोबाइल फोन अफ गर्न र तस्वीर नखिच्न भनिएको थियो ।

प्रमुख अतिथि सी जिनफिङले खाना खान सुरु गरेपछि मात्र अरुले खान सुरु गरेेेेेेेका थिए ।

खाना खाइरहेको बेला नउठ्न र चिनियाँ राष्ट्रपति सी हलबाट बाहिर निस्किएपछि मात्र अन्य अतिथिहरु आफ्नो स्थानबाट उठ्न परराष्ट्र मन्त्रालयले भनेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?