+
+
Shares

गाडीबाट खसेर सुर्खेतमा एक जनाको मृत्यु

रासस रासस
२०७६ असोज २५ गते १८:२७

२५ असोज, सुर्खेत । रत्न राजमार्गमा पर्ने सुर्खेतको हर्रेमा शनिबार दिउँसो गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मध्यपश्चिम यातायात प्रालिको बा३ख ५२१६ नम्वरको फोर्स गाडीबाट खसेर भेरीगङ्गा नगरपालिका–४ का यमबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक खत्री काँक्रेविहार यातायात प्रालिको ना७ख २०५८ नम्वरको फोर्स गाडीका धनी हुन् । लिफ्ट मागी आउने क्रममा गाडीको ढोकाबाट एक्कासी सडकभन्दा अन्दाजी एक सय मिटर तल खस्न गई उनको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए ।

सुर्खेत प्रहरीले एक अर्का चालकलाई पनि नियन्त्रणमा लिएको छ । यही असोज १९ गते कालीकोटबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०७ नंको फोर्स गाडीले घण्टाघरमा पैदल यात्री वीरेन्द्रनगर–१२ का ५५ वर्षीय हर्कबहादुर रोकायलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते रोकायको लखनऊमा उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि प्रहरीले उक्त गाडीका चालक दैलेख ठाटीकाँधका २७ वर्षीय मीनबहादुर तिरुवालाई नियन्त्रणमा लिएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?