+
+
Shares

‘सम्पदा’ शीर्षकमा १० देशका कलाकारको चित्रकला प्रदर्शनी

रासस रासस
२०८२ मंसिर १५ गते १५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डमा १० देशका कलाकारले बनाएका ६० वटा चित्रकलाको 'हेरिटेज' शीर्षकमा तीन दिनसम्म प्रदर्शनी गरिएको छ।
  • कलाकार उत्तम डङ्गोलले पशुपति, बौद्ध र स्वयम्भूलाई एउटै क्यान्भासमा लोककलाका आधारमा चित्रण गरेका छन्।
  • प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश, घाना, बेलायत, अमेरिका, जापान, रसिया, इन्डोनेसिया लगायतका १५ विदेशी कलाकारका चित्रकलाहरू राखिएका छन्।

काठमाडौँ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डमा १० देशका कलाकारले बनाएका चित्रहरूको प्रदर्शन गरिएको छ ।

पर्यटन बोर्ड र सुष्मा आर्ट ग्यालरीको संयुक्त आयोजनामा प्रस्तुत भएका कला संस्कृति तथा सम्पदामा केन्द्रित छन् ।

कलामार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ३ दिन उक्त प्रदर्शनी गरिएको कलाकार सुष्मा राजभण्डारीले बताइन् । उक्त प्रदर्शनीमा १० देशका कलाकारका ६० वटा कला प्रदर्शनीमा राखिएका छन् ।

‘हेरिटेज’ शीर्षकमा गरिएको प्रदर्शनीमा आफ्नो कला प्रस्तुत गरेका कलाकार उत्तम डङ्गोलले पशुपतिलाई केन्द्रविन्दुमा राखेर लोककलाका आधारमा क्यान्भास भरेका छन् । पशुपति, बौद्ध र स्वयम्भूलाई एउटै क्यान्भासमा समेटेर उनले चित्र सिर्जना गरेका छन् ।

उनले भने, ‘पशुपतिमा देखिने विषयहरू हनुमान, भैरव, नाग देवता, गणेशलाई ‘फोकस’ गरेको छु, हिजोको लोक कलालाई क्यान्भासमा रुपान्तरण गरेर आधुनिक शैलीमा प्रस्तुत गरेँ, ‘एक्रेलिक’ माध्यममा ‘वाटरप्रुफ’ कलामा सम्पदालाई देखाएको हुँ ।”

तेल रङमा कला प्रस्तुत गरेकी कलाकार ज्योति खड्काले पुरानो काठमाडौँलाई झल्काएकी छन् । महाबौद्धको स्तूपालाई मुख्य विषय बनाएर त्यहाँको पुराना संस्कृति गाउँ र परम्परालाई उनले देखाएकी छन् ।

उनले भनिन्, ‘परम्परागत कलामा प्रायः मानिसले घर, मन्दिर, काठका कलात्मक प्रस्तुतिमा कलाकारको ध्यान जाने गर्छ, तर मैले त्यसलाई छाडेर पुरानो जुन हराएको संस्कृतिलाई उठान गरेकी छु ।”

उक्त कलाको संयोजन गर्नुभएकी कलाकार भण्डारीले गणेशको सिरिज प्रस्तुत गरेकी छन् । उनले पनि प्रदर्शनीमा गणेशको चित्रलाई क्यान्भासमा उतारेकी छन् । उनको चित्र एक लाखमा बिक्रीसमेत भइरहेको छ । अन्य पाँच/छवटा चित्रहरु बिक्री भएको पनि उनले बताइन् ।

नेपालसहित भारत, बङ्गलादेश, घाना, बेलायत, अमेरिका, जापान, रसिया, इन्डोनेसियालगायत देशका ६० वटा कला सिर्जना यहाँ प्रस्तुत गरिएका छन् । १५ वटा विदेशी कलाकारका चित्रकला यहाँ राखिएका छन् ।

नेपालका वरिष्ठ कलाकार राधेश्याम मुल्मी, गोविन्द डङ्गोल, विजय थापालगायतका कलासमेत यहाँ समेटिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?