Comments Add Comment

तिलोत्तमा प्रिमियर लिगमा ज्ञानोदय गोल्डस् २९ रनले विजयी

२६ असोज, बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी तेस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिगको आइतबारको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्डस् विजयी भएको छ । तिलोत्तमा ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी खेलमा तिनाउ टाइटन्स्लाई २९ रनले पछाडि पार्दै ज्ञानोदय विजयी भएको हो ।

ज्ञानोदयको जितका लागि शंकर राना एक्लैले ५५ रनको योगदान गरे भने सुनिल धमलाले २५ रन बनाएका थिए । पहिलो विकेटका लागि सुनिल धमला र शंकर श्रेष्ठले ७२ रनको पारी खेलेका थिए । ज्ञानोदयले पुरै २० ओभर खेलेर ८ विकेटको क्षतीमा १ सय ५४ रन बनाएको हो ।

१ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा तिनाउ टाईटन्सले पुरै २० ओभर खेल्दै १ सय २५ रन मात्र जोड्न सक्यो । तिनाउका लागि अर्जुन गिरीले ४४ रनको पारिे भने अन्य खेलाडिको प्रदर्शन राम्रो भएन ।

ज्ञानोदय गोल्डको तर्फबाट तिनाउलाई सम्तैमा समेट्न सुनिल धमलाले ३ विकेट र जितेन्द्र साहानी र कमल ओलीले १/१ विकेट लिएका थिए ।

अर्ध शतक पारि खेलेका ज्ञानोदयका शंकर राना मोष्ट भ्यालुएवल प्लेयर बने भने ३ विकेट लिएर २५ रन हानेका ज्ञानोदय गोल्डस्कै सुनिल धमला म्यान अफ द म्याच घोषित भए ।

प्रदेश स्तरको सबैभन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागी छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख र उपबिजेता टिमले नगद २ लाख प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment