+
+

रामेछापमा बसको छतबाट खस्दा एक युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते १८:३७

२६ असोज, रामेछाप । रामेछापबाट काठमाडौं जाँदै गरेको बसको छतबाट खसेर आइतबार एक जनाको मृत्यु भएको छ ।

बा ४ ख ४४२८ नम्बरको बसको छतबाट खसेर रामेछाप नगरपालीका-५ रामपुर खानिडाँडाका २५ बर्षिय पृथ्वी श्रेष्ठको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराइले जानकारी दिए ।

रामपुरबाट काठमाडौंको लागि छुटेको बस मन्थली नगरपालिका ६ बेतिनिमा आइ पुग्दा उनी छतबाट खसेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?