Comments Add Comment

‘घामड शेरे’मा खोला विरुद्ध नै मुद्दा हाल्ने निश्चल

हेमराज वीसी निर्देशित चलचित्र ‘घामड शेरे’को सामाजिक कथा र कमेडीले भरिएको ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै कात्तिक ८ गतेबाट रिलिज हुने चलचित्रको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको शिर्ष भूमिकामा कलाकार निश्चल बस्नेतले काम गरेका छन् । चलचित्रमा एउटा खोलाको लागि मुद्दा हाल्ने पात्रको भूमिकामा निश्चललाई देखाइएको छ ।

चलचित्रमा नायिका स्वस्तिमा खड्का, कलाकार सुष्मा निरौलाको साथमा नायिका गौरी मल्लको विशेष भूमिका छ । हेमराज वीसी र सिमोस सुनवारको लगानीमा तयार भएको चलचित्रमा निश्चललाई जे कुरामा पनि फरक र जिद्दी व्यवहार देखाउने पात्रको रुपमा देखाइएको छ । नायिका स्वस्तिमा खड्का भने चलचित्रमा निश्चलकी सालीकी भूमिकामा देखिएकी छिन् ।

नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन छ । चलचित्र बलिउडड चलचित्र ‘ओ माइ गड’सँग नमिल्ने निर्देशक वीसीले बताएका छन् । कलाकार निश्चल बस्नेतले भने–‘मैले यो पात्रप्रति सकारात्मक नै सोचेको छु । मलाई यो पात्रको माया पनि खुबै लाग्छ ।’

आफूले किनेको जग्गा खोलाले बगाएपछि सोही खोला विरुद्ध मुद्दा हाल्ने एक पात्रको कथा दर्शकका लागि पनि रोचक हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment