+

ललितपुर फाल्कन्सको मुख्य प्रायोजकमा एसटीसी स्पोर्टस

२०७६ असोज  २७ गते १८:२२ २०७६ असोज २७ गते १८:२२
ललितपुर फाल्कन्सको मुख्य प्रायोजकमा एसटीसी स्पोर्टस

२७ असोज, ललितपुर । नेपालमा पहिलो पटक हुन गइरहेको  वुमन च्याम्पियन लिग २०१९ मा सहभागिता जनाउन लागेको ललितपुर फाल्कन्स् क्रिकेट टोलीलाई एसटीसी स्पोर्टसले मुख्य प्रायोजन गर्ने भएको छ ।

सोमबार एक कार्यक्रममा ललितपुर फाल्कन्स् क्रिकेट टोलीसँग सम्बन्धित प्रायोजकहरुको घोषणाका साथै खेलाडी जर्सी सार्वजनिक गरियो । खेलाडी जर्सीको बनावट र रंगको साथसाथै फाल्कनसँग सम्बन्धित पार्टनरहरुको लोगो अंकित जर्सीसमेत सार्वजनिक गरिएको थियो ।

ललितपुर फाल्कन्सको सहप्रायोजकमा कृषि बिकास बैंक लिमिटेड, एसोसिएट पार्टनरमा एजुकेशन पार्क र भियानेट, मेडिकल पार्टनरमा स्टार हस्पिटल सानेपा, स्ट्राटेजी पार्टनरमा आइडिया शप प्रालि र सहयोगीमा जिजि माछान, ज्यापु समाज यल, ललितपुर चेम्बर अफ कमर्श र ललितपुर महानगरपालिका रहेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय