Comments Add Comment

तपाईंको यस्तो हिँडाई, जसले उमेरअघि नै बुढो बनाउँछ

तपाईं/हाम्रो हिँड्ने शैली एकनास हुँदैन । हिँड्न त सबै हिँड्छन् । तर, हिँड्ने शैली फरक हुन्छ । कोही द्रुत गतिमा हिँड्छन् । कोही बिस्तारै हिँड्छन् । कोही हिँड्दा फुर्तिलो देखिन्छ, कोही सुस्त देखिन्छन् । हिँड्ने शैलीबाट पनि मान्छेको पहिचान गर्न सकिन्छ, खासगरी स्वास्थ्यको सन्दर्भमा ।

मान्छेको हिँड्ने शैली उनको स्वास्थ्यसँग जोडिएको हुन्छ ।

त्यसो त उमेर ढल्कदै जाँदा हाम्रो हिँडाईको चाल कस्तो रहन्छ भन्ने कुराले पनि हाम्रो शारीरिक एवं मानसिक स्वास्थ्यको स्थिती देखाउँछ । उमेर बढेसँगै यदि हाम्रो हिँडाईको चाल धिमा हुँदै जान्छ भने यसले बुढ्यौलीको संकेत गर्छ । खासगरी चालिस बर्षपछिको उमेरसम्म पुग्दा हाम्रो हिँडाईको चाल सुस्त हुँदै गएको छ भने हाम्रो शरीरलाई चाडै बुढ्यौलीले छोप्दैछ भन्ने संकेत मिल्छ । शारीरिक मात्र होइन, मानसिक रुपमा पनि बुढो भएको संकेत हो यो ।

अमेरिकाको नर्थ क्यारोलाइनास्थित ड्युक युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले लामो समयको अनुसन्धानपछि उक्त तथ्य सार्वजनिक गरेको हो । ड्युक युनिभर्सिटीका मनोविज्ञ एवं न्यूरोसाइन्स विभागका अनुसन्धानकर्ता डा. लाइन जेएच रास्मुस्सेनको टोलीले उक्त विषयमा अनुसन्धान गरेका थिए । अनुसन्धानमा ९ सय ४ जना व्यक्ति सामेल थिए । उनको शोधपत्र ‘जामा नेटवर्क ओपन’ जर्नलमा प्रकाशित भएको छ ।

यस शोधमा न्यूजिल्यान्डस्थित डुनेडिनका व्यक्तिहरुको डुडेडिन मल्टीडिसिप्लीनरी हेल्थ एन्ड डेभलपमेन्ट स्टडीद्वारा एकत्रित डाटाको गहन अध्ययन गरिएको थियो । यस अन्र्तगत जुन व्यक्तिहरुमाथि अध्ययन गरिएको थियो, उनीहरुमाथि तीन बर्षदेखि ४५ बर्षसम्म निगरानी गरिएको थियो । साथै समय-समयमा शारीरिक तथा मानसिक स्वास्थ्यको जाँच गरिएको थियो ।

विशेषज्ञले के पाए भने जुन व्यक्तिको हिँडाईको चाल ४५ बर्षको उमेरसम्म पुग्दा क्रमस सुस्त हुँदै गएको छ, उनीहरुको बाल्यकालदेखि नै शारीरिक क्रिया र व्यवहारमा फरक थियो । उनीहरुमाथि मोटर स्किल, इमोशन एन्ड बिहेवियरल रेगुलेशनसमेत केही प्रकारका परीक्षण गरिएको थियो ।

अनुसन्धानकर्ताले अन्य परीक्षणसँगै शोधमा सामेल व्यक्तिको बडी मास इन्डेक्स, वेस्ट टू हिप रेशियो, रक्तचाप, कार्डियोरेसपाइरेटरी र फिटनेस, कोलेस्ट्रोल, ट्राइग्लिसराइड लेभल, हाइ डेनसिटी लिपोप्रोटीन कोलेस्ट्रोल लेभल, के्रटाइन क्लीयरनेस, ब्लड युरिया लेभल, सी-रिएक्टिभ प्रोटिन लेभल, ह्वाइट ब्लड सेल्स काउन्ट तथा गिजा र दाँतको परीक्षण गरेको थियो ।

एमआइआर परीक्षणमा के पाइयो भने सुस्त गतिले हिँड्ने व्यक्तिको ‘ब्रेन भोल्युम’ कम थियो र कार्टिकल थीनिंग धेरै तर कार्टिकल एरिया कम थियो । निचोडमा यस्ता व्यक्तिको मस्तिष्क उनीहरुको उमेरभन्दा चाडै बुढो भएको पाइयो ।

शोधका अनुसार सुस्त गतिले हिँड्ने व्यक्तिको कार्डियोरेसपाइरेटरी र इम्युन सिस्टम तथा दाँत र गिजारको स्थिती पनि कमजोर पाइयो, तिब्रा गतिमा हिँड्ने व्यक्तिको तुलनामा । तिब्र गतिमा हिँड्ने व्यक्तिको तुलनामा सुस्त गतिमा हिँड्नेहरुको अनुहार पनि चाडै बुढो भएको पाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment