Comments Add Comment

न्युक्यास्टल युनाइटेडलाई चेल्सीले हरायो

३ कात्तिक, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित हात पारेको छ ।

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले न्युक्यास्टल युनाइटेडलाई १–० गोलको कठिन जित हात पारेको हो । चेल्सीको जितमा मार्कोस एलोन्सोले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्र्रो हाफमा गोल गर्दै जित हात पारेको हो । खेलको ७३ औं मिनेटमा एलोन्सोल गोल गरे । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल चेल्सीले जितेको हो ।

त्यस्तै, शनिबार राति नै भएको अर्को खेलमा टोटनह्याम भने वाटफोर्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलको सुरुआती समयममै गोल खाँदै १–० गोलअन्तरले पछि परेको टोटनह्यामले खेलको ८६ औं मिनेटमा गोल गर्दै हार टारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment