Comments Add Comment

मोदीसँग साहरुख र आमिर

शनिबार बेलुकीदेखि बलिउडका चर्चित अनुहारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खिचाएका तस्वीरले सामाजिक संजाल तताएको छ । आखिर, भारतीय प्रधानमन्त्रीसँग बलिउडका नाम चलेका कलाकार किन भेट्न पुगे ?

महात्मा गान्धीको १५० आंै जन्म उत्सवको अवसर पारेर आयोजना गरिएको भिडियो प्रदर्शनी कार्यक्रममा बलिउडका कलाकार पुगेका हुन् । राजकुमार हिरानी निर्देशित भिडियो ‘चेन्ज विथइन’मा बलिउडका चर्चित कलाकारहरु साहरुख खान, आमिर खान, सलमान खान, आलिया भट्ट, रणवीर कपुर, सोनम कपुर, विक्की कौशल लगायतलाई देख्न सकिन्छ ।

सय सेकेन्ड लामो भिडियोमा महात्मा गान्धीका चर्चित भनाइहरुलाई समावेश गरिएको छ । मोदीसँगको भेटमा नायक साहरुख खानले विश्वलाई फेरि एकपटक महात्मा गान्धीको नयाँ भर्सन चाहिएको बताएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बलिउडले भारतको कला, संकृती, भाषालाई विश्व बजारमा लैजान मद्दत गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment