+

रुविनाले फेरि बनाइन् अर्धशतक

२०७६ कात्तिक  ३ गते १२:४५ २०७६ कात्तिक ३ गते १२:४५
रुविनाले फेरि बनाइन् अर्धशतक

३ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी महिला च्याम्पियन्स लिग क्रिकेटमा रुविना क्षेत्रीले फेरि अर्धशतक बनाएकी छिन् ।

क्याट क्वीन्स काठमाडौंकी कप्तान समेत रहेकी रुविनाले ललितपुरविरुद्ध टियु क्रिकेट मैदानमा आज अर्धशतक बनाएकी हुन् । ललितपुरविरुद्ध रुविना ४९ बलमा ९ चौका र एक छक्कासहित ५७ रनमा अविजित रहिन् ।

उनकै उत्कृष्ट प्रदर्शनमा ललितपुरलाई पराजित गर्दै काठमाडौं प्लेअफमा पुग्न सफल भयो । यो खेलमा भने ओपनिङमा आएकी रुविनाले यसअघि पनि अर्धशतक बनाएकी थिइन् ।

उनले पोखरा पल्टनविरुद्ध अर्धशतक बनाएकी थिइन् । कप्तान रुविनाले पोखराविरुद्ध अविजित खेल्दै ६७ बलमा १४ चौका र दुई छक्काको मद्दतमा ८३ रन बनाएकी थिइन् ।

कप्तान रुविना जारी प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा छिन् । उनले चार खेलबाट १७८ रन बनाएकी छिन् । यो क्रममा उनको दुई वटा अर्धशतक सामेल छ । रुविनाले विराटनगरविरुद्ध आक्रमक खेल्दै ३५ रन बनाएकी थिइन् भने चितवनविरुद्ध पहिलो खेलमा भने एक रनमै रनआउट हुन पुगेकी थिइन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय