
३ कात्तिक, काठमाडौं । बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत, काठमाडौंमा हाजिर गराइएको छ ।
आइतबार दिनभर सरकारी वकिल कार्यालयमा बयान लिएपछि थुनछेक बहसका लागि अदालत लगिएको हो ।
उनी १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यकै कारण बयान दिन नसक्ने उनले बताएका थिए ।
तर, आइतबार उनको बयान भएको छ । प्रहरीले अनुसन्धान अझै नसकिएको जनाउँदै थप ७ दिन म्याद माग्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4