+

पीपीएलको मिति एक महिना सर्‍यो

२०७६ कात्तिक  ४ गते १६:३७ २०७६ कात्तिक ४ गते १६:३७
पीपीएलको मिति एक महिना सर्‍यो

४ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता मिति सरेर मंसिर अन्तिम सातादेखि सुरु हुने भएको छ ।

यसअघि कात्तिक २६ गतेदेखि मंसिर सात गतेसम्म पोखरा मैदानमा आयोजना हुने भनिएको पीपीएल अब मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म आयोजना हुने क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले जानकारी दिएको छ ।

पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको क्वीन्सले दोस्रो संस्करणको यसअघि नै मिति तोकेपनि १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको तयारी पोखरा मैदानमै हुने हुदा र मेलबर्न क्रिकेट क्लब (एमसीसी) ले काठमाडौं र पोखरामा मैत्रीपूर्ण खेल नोभेम्बर एक देखि १२ सम्म खेल्ने हुदा मिति परिवर्तन गरिएको आयोजकले प्रेस विज्ञप्तिमा भनेको छ ।

त्यस्तै, यही समयमा नेपालका यू–१९ क्रिकेट टिमले भारत भ्रमणमा रहने हुदा प्रतियोगिताको मिति सार्नु परेको हो ।

पोखरामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टिम रहेका छन् । जसमा साविक विजेता पोखरा पल्टनसँगै, विराटनगर टाइटान्स, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुस रहेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय