
Photo Credit : फाइल तस्वीर
५ कात्तिक, काठमाडौं । मकवानपुरको कुलेखानीदेखि हुमानेसम्मको १५ किलोमिटर सडकमा सवारीसाधन सन्चालनमा रोक लगाइएको छ ।
इन्द्रसरोवर गाउँपालिकाको २, ४ र ५ नम्बर वडाका सडकमा रहेका खाल्डाखुल्डी पर्ने र पहिरो पनि पन्छाउने काम भइरहेकाले मंगलबार बिहान ८ बजेबाट यातायातका साधन सन्चालनमा रोक लगाइएको हो ।
यातायाका साधन कहिलेसम्म रोकिने भन्ने खुलेको छैन । फाखेल प्रहरीले ‘केही दिनका लागि’ रोकिएको भनेको छ ।
सो सडक भएर चल्ने सवारी साधनका चालकलाई हेटौंडा, भिमफेदी, सिस्नेरी, फर्पिङको बाटो प्रयोग गर्न प्रहरी चौकी फाखेलले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4