Comments Add Comment

वीरगञ्जबाट दुई जना फरार प्रतिवादी पक्राउ

५ कात्तिक, काठमाडौं । पर्सा प्रहरीले दुई जना फरार प्रतिवादीलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२ वस्ने ५४ वर्षीय नाजिर मिया अन्सारी र वडा नम्बर ३ वस्ने ४९ वर्षीय नुरहोदा अन्सारी रहेका छन् ।

नाजिर मियालाई पर्सा जिल्ला अदालतले २०६४ साल साउन ३० गते अंश मुद्दामा ५ सय जरिवाना सुनाएको थियो भने नुरहोदालाई २०७६ साल बैशाख ६ गते लेनदेन मुद्दामा ३ महिना कैद सजाय सुनाएको थियो ।

आफ्नै गाउँ-घरमा लुकिछिपि बस्दै गरेको अवस्थामा दुबै जनालाई सोमबार पक्राउ गरी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment