+
+
Shares

मोटी युवतीहरुको सौन्दर्य प्रतियोगिता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १६:४३

धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा एउटा अवसर हो, ‘सुपर प्लस साइज मोडल नेपाल ।’

सामान्यभन्दा मोटा युवतीहरुलाई लक्ष्यित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेको छ । यसअघि यसका दुई संस्करण संस्करण सम्पन्न भइसकेका छन् भने चाँडै तेस्रो सिजन आयोजना हुँदैछ ।

मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतिमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ सिजन—३ आयोजना हुन लागेको हो । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती/महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।

काठमाडौँको बानेश्वरस्थित रोयल एलिनाज रेस्टुरेन्टमा कात्तिक ३० गते अडिसन हुने आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले बताए । अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण दिइने छ । नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साइज नेपाल आयोजना गर्दै आएको छ । ओमानियाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्रा भन्छिन् ’प्लस साइज (मोटोपना) का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड टप प्लस साइज, २०२०’ मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी गराइन् । उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने जानकारी पनि आयोजक संस्थाले दिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य मोडल सङ्ग्स नेपालको कार्यालयबाट कात्तिक ५ गतेबाट प्रारम्भ भएको राजपुतले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?