+

टी-२० विश्वकप छनोट : स्कटल्यान्डमाथि नामिवियाको जित

२०७६ कात्तिक  ५ गते १९:११ २०७६ कात्तिक ५ गते १९:११
टी-२० विश्वकप छनोट : स्कटल्यान्डमाथि नामिवियाको जित

५ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नामिवियाले पहिलो जित निकालेको छ ।

मंगलबार यूएईको आईसीसी क्रिकेट एकेडेमीमा भएको समूह ‘ए’ को खेलमा नामिवियाले स्कटल्यान्डमाथि २४ रनको जित हात पारेको हो । १६० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३५ रन मात्रै बनाएपछि नामिवियाले पहिलो जित निकालेको हो ।

स्कटल्यान्डका लागि कलुम म्याकलोडले ३९ र कप्तान रिची बेरिङटनले २३ रन मात्रै बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिवियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । नामिवियाका लागि जेजे स्मितले ४३ रन बनाएका थिए ।

आईसीसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय