Comments Add Comment

सत्ताको लागि नेकपाभित्रै हानथाप छ : सीपी मैनाली

५ कात्तिक, बुटवल । नेकपा मालेका महासचिव सीपी मैनालीले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको बताएका छन् ।

बुटवलमा आयोजित एक साक्षातकार कार्यक्रममा उनले सरकारको कामबाट जनता खुशी हुन नसकेको टिप्पणी गरे ।

सत्ताका लागि नेकपाभित्रै हानथाप सुरु भएको पनि मैनालीले बताए । ‘एक अध्यक्ष केपी ओली पश्चिमा शक्तिसंग जुनसुकै सम्झौता गरेर सत्ता लम्ब्याउन चाहन्छन् अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने भारतलगायतका शक्तिको आडमा सत्ता पल्टाएर नेतृत्वमा पुग्न चाहन्छन्’ उनले भने ।

मैनालीले फौजदारी अभियोगमा तानिएका सांसदहरुले पदबाट राजीनामा दिनुपर्ने धारणा राखे । उनले नेकपा एमाले र माओवादीको एकता पनि लामो समय नटिक्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment