+
+

सलमान–ऐश्वर्यालाई एकसाथ हेर्ने साहिदको चाहना

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १२:०४

बलिउडमा कुनै समय नायक सलमान खान र नायिका ऐश्वर्या रायको जोडी निकै हिट थियो । उनीहरुको जोडीलाई धेरैले रुचाएका थिए । उनीहरु चलचित्रको पर्दामा मात्र होइन, पर्दा बाहिर पनि जोडी थिए । उनीहरु गहिरो प्रेममा थिए ।

तर, सन् २००२ मा रिलिज भएको चलचित्र ‘हम तुमारे हे सनम’ पछि सलमान र ऐश्वर्यालाई एकसाथ पर्दामा ल्याउन कुनै पनि मेकरले सकेका छैनन् । उनीहरुलाई पर्दामा एकसाथ हेर्न चाहने दर्शकको संख्या निकै छ । दर्शकले मात्र नभएर, बलिउडकर्मी पनि उनीहरुलाई एकसाथ पर्दामा हेर्न चाहन्छन् । सलमान र ऐश्वर्याको जोडीलाई एकसाथ हेर्न चाहने कलाकारमा पर्छन् साहिद कपुर ।

अन्तरवार्तामा साहिदलाई ‘पद्मावत’मा नयाँ कलाकार राख्नु परे कसलाई छान्नुहुन्छ भन्ने प्रश्न गरिएको थियो । यो प्रश्नमा साहिदले भने–‘मलाई सलमान र ऐश्वर्याको जोडी खुबै मन पर्छ । उनीहरुलाई पर्दामा एकसाथ देख्ने रहर छ । म उनीहरुलाई नै रोज्छु ।’

सलमान खान र ऐश्वर्याको नाम अहिले पनि मिडियामा चर्चामा रहन्छ । तर, यो जोडीले एकसाथ पर्दामा काम गर्ने संभावना भने अब छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?