६, कात्तिक, चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । जसअनुसार कमलको फूल आकारको यो रंगशाला ३० हजार क्षमताको हुनेछ ।
बुधबार भरतपुर महानगरपालिकामा डीपीआरबारे जानकारी दिँदै फाउण्डसेनले सबैसँग सुझाव मागेको छ ।
धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलका अनुसार डीपीआर तयार भएसँगै मैदानको ‘ले आउट’को काम सुरु भएको छ । अहिलेको जमिनभन्दा तीन फिटमाथि मैदान उठाउनुपर्ने भएकोले माटो फिलिङको कामअघि बढाइनेछ ।
झण्डै तीन अर्ब रंगशाला निर्माणमा लाग्ने भनिए पनि लागत घटाउन खोजिएको छ ।
रंगशाला कमलको फूल आकारमा निर्माण गरिने रंगशाला ३० हजार क्षमताको हुनेछ । सुरुमा २५ हजार भनिए पनि डीपीआर डिजाइनका क्रममा ५ हजार क्षमता थपिएको छ । २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने रंगशालामा क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्वमिङ पुल र कर्भड हल पनि निर्माण गरिने छ ।
सबै संरचनाको डीपीआर तयार भएको छ ।
निर्माण थालनी भने क्रिकेट रंगशालाबाट हुनेछ । मैदानमा पाँच वटा पिच हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को मापदण्डअनुसार मैदान र पिच निर्माण गरिनेछ । पिचबाट चारैतिर ९० मिटर मैदानमा समेटिने छ ।
रंगशालामा दुई भीआईपी प्याराफिट पनि हुनेछ ।
जेठ १५ गते भरतपुर १६ का केही स्थानीयबासीले बारमा डोजर लगाएरपछि रंगशाला निर्माण अन्यौलमा परेको थियो । धुर्मस सुन्तली फाउण्डेशनले सुरक्षाको कारण देखाउँदै काम रोकेको थियो । अब त्यो अन्यौल हटेको छ ।
प्रतिक्रिया 4