Comments Add Comment

लिभरपुलसँग केआरसी जिंक पराजित

Photo Credit : च्याम्पियन्स लिग

७ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले बेल्जियमको केआरसी जिंक क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

बुधबार राति च्याम्पियन्स लिगको समूह ‘ई’ को खेलमा लिभरपुलले जिंकलाई ४–१ गोल अन्तरले पराजित गर्न सफल भएको हो । ओक्सलाडे चेम्बरलेनले दुई गोल गर्दा साडियो माने र मोहमद सलाहले समान १–१ गोल थपे । यता, जिंकको लागि स्टेफन ओडेयले एक गोल गर्न सफल भए ।

खेलको दोस्रो मिनेटमा नै चेम्बरलेनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाउँदा लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो ।

५७ औं मिनेटमा चेम्बरलेनले अर्को गोल गर्दै लिभरपुललाई २–० गोलको स्थितिमा पुर्याएका थिए । खेलको ७७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए । ८७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ४–० गोलको अग्रता दिलाए तर त्यसको एक मिनेटपछि नै स्टेफनले गोल गर्दै जिंकलाई ४–१ को स्थितिमा ल्याएका थिए ।

त्यस्तै, यसै समूहमा भएको अर्को खेलमा नेपोलीले एफसी रेड बुल साल्जबर्गलाई ३–२ गोलअन्तरले पराजित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment