Comments Add Comment

प्रधानमन्त्रीको अजरबैजान उडानले हवाई उडानमा चाप

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अजरबैजान उडानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान–अवतरण प्रभावित बनेको छ । प्रधानमन्त्रीको उडानको समय बिहान ११ बजे अन्तर्राष्ट्रिय विमानस्थल झण्डै आधा घण्टा बन्द भएको थियो ।

‘केही असर भीभीआइपी मुभमेन्टले गरेको हो, कतिपय आन्तरिक विमानस्थलमा मौसमका कारण पनि जहाज निर्धारित समयभन्दा ढिला उडेका छन्,’ त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनल व्यवस्थापन कक्षका एक कर्मचारीले भने, ‘अहिले उडान सामान्य छ ।’

त्रिभुवन विमानस्थलमा राखिएका स्क्रिनहरुमा भने अहिलेसम्म पनि भीभीआइपी उडानका कारण जहाज डिले भएको उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्र धावनमार्ग रहेको छ । दैनिक ४ सयभन्दा बढी उडान–अवतरण हुने विमानस्थलमा आधा घण्टा मात्र उडान–अवतरण बन्द हुँदा दिनभर जहाजहरु डिले हुने र होल्ड हुने गर्छन् ।

असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजान प्रस्थान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment