
८ कात्तिक, रौतहट । प्रहरी हिरासतमा रहेका सांसद मोहम्मद आफताब आलमको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै शुक्रबार नेपाली कांग्रेसले रौतहटमा मौन जुलुस निकालेको छ ।
वम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमममाथि अनुसन्धान भइरहेकै बेला कांग्रेसले जुलस निकालेको हो । जुलुसका सहभागीले नाराबाजी नगरे पनि विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
गौरको बीपीचोकदेखि जिल्ला अदालत र यहाँबाट मुख्य सडक हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म पुगेर मौन जुलुस सकिएको थियो । प्रहरीले आलममाथि अनुसन्धान गर्न शुक्रबार नै अदालतबाट थप ८ दिनको म्याद लिएको छ । जुलुसमा आलमको गृहनगर राजपुरका वासिन्दा बढी सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4