+
+

बाकुबाट स्वदेश फर्कंदै प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १० गते ७:००

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्दैछन् । असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकु पुगेका प्रधानमन्त्री ओली सम्मेलन सकाएर आज स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्री ओली कतार एयरवेजको नियमित उडानमार्फत दोहा हुँदै आइतबार बिहान १०ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

प्रधानमन्त्री ओली गत बिहीबार पत्नी राधिका शाक्यसँगै प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलगायत २१ सदस्यीय टोलीको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका थिए ।

सम्मेलनको दौरानमा उनले विभिन्न सत्रहरूमा सम्बोधन गर्नुका साथै विभिन्न देशका राष्ट्रध्यक्ष एवं राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गरेका थिए ।

विश्वका विभिन्न देशहरूले असंलग्न परराष्ट्रनीति अंगाल्दै आइरहेका छन् । यस्तो नीति अगाँल्दै आएका नेपाललगायतका देशहरू संगठित हुँदै गतिविधि सञ्चालन गर्दै आइरहेका छन् । यस वर्षको शिखर सम्मेलन पनि फलदायी भएका असंलग्न नीति अगाल्दै आएका राष्ट्रहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?