+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
53/4 (9.2)
Shares

अग्रता जोगाउन नसक्दा आर्सनलले अंक बाँड्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ११ गते ८:२२
Photo Credit : प्रिमियर लिग

११ कात्तिक, काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेससँग बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

आर्सनलका लागि सोक्राटिस पपास्टथोपउलोस र डेभिड लुइसले गोल गरेका थिए । यता, क्रिस्टल प्यालेसका लागि मिलिभोजेभिच र जोर्डन अयवले गोल गरेका थिए ।

खेलको सातौं मिनेटमा सोक्राटिसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि खेलको नवौं मिनेटमा नै डेभिडले गोल गर्दै आर्सनललाई २-० गोलको अग्रता दिलाएका थिए । तर खेलको ३२औं र ५२औं मिनेटमा क्रिष्टल प्यालेसले गोल गर्दै २-२ गोलको बराबरीमा खेल टुंग्यायो ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?