+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कुर्द बलले चोरेको थियो बग्दादीको भित्री बस्त्र

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १३ गते १४:१९

१३ कात्तिक, काठमाडौं । अमेरिकी सैन्य कारबाहीमा चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बक्र अल बग्दादी मारिए । यो अब नयाँ खबर रहेन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै घोषणा गरेका थिए कि अमेरिकी स्पेस फोर्सले सिरियाको इदलिब प्रान्तको गाउँ बरियामा छापा मारेको थियो । अमेरिकी कुकुरबाट लखेटिएका बग्दादीले आफैंलाई आत्मघाती विस्फोट गराए

स्पेस फोर्ससँगै रहेका विज्ञले डीएनए टेष्ट गरेर मृतक बग्दादी भएको पुष्टि गरेको उनले बताए ।

तर डीएनए टेष्ट गर्ने क्रममा बग्दादीको कुन बस्तुसँग म्याच गरियो त ? यो ट्रम्पले बताएनन् ।

कुर्द नेतृत्वको सिरियाली डेमोक्रेकिट फोर्स (एसडीएफ)ले भनेको छ कि डीएनए जाँचमार्फत उनी मारिएको पुष्टि गर्न सकियोस् भनेर आफ्ना जासुसले बग्दादीको अण्डरवेयर चोरेको थियो ।

एसडीएफका सिनियर कमाण्डर पोलाट क्यानले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘हाम्रा मानिसहरुले बग्दादीको अण्डरवेयर ल्याएका थिए ताकि डीएनए टेष्ट गरेर पत्ता लगाउन सकियोस् कि जसको मृत्यु भयो उनी बग्दादी नै हुन् ।’

अमेरिकी अपरेशन अगाडि उनको लोकेसन पत्ता लगाउन आफ्नो सूत्रहरुले भूमिका खेलेको बताए ।

जबकी अमेरिकी राष्ट्रपति ट्रम्पले यो अपरेसनमा कुर्दको भूमिकालाई महत्वका साथ उल्लेख गरेका थिएनन् । उनले भनेका थिए, उनीहरुको सूचनाले हामीलाई सहयोग गर्‍यो तर सैन्य कारबाहीमा उनीहरुको कुनै भूमिका थिएन ।’

इस्लामिक स्टेटविरुद्धको लडाईंमा एसडीएफ अमेरिकाको मुख्य सहयोगी रहेको थियो, तर अमेरिकाले यसै महिना उत्तरी सिरियाबाट आफ्नो सैनिक फिर्ता बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?