News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले मौलिक पहिचान दिलाउने चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम ल्याउने योजना बनाएको छ।
- सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सनाले प्रतिनिधिसभाको बैठकमा उक्त जानकारी दिएका छन्।
- राप्रसाका सांसद खुश्बु ओलीले संगीत र कला नसमेटिएको प्रश्न उठाएकी थिइन्, जसको जवाफ मन्त्री तिमिल्सनाले दिएका हुन्।
काठमाडौं । सरकारले मौलिक पहिचान दिलाउने गरि निर्माण हुने फिल्मको लागि प्रोत्साहन अनुदान कार्यक्रम ल्याउने भएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सनाले प्रतिनिधिसभाको बैठकमा यस्तो जानकारी दिएका हुन् ।
उनले भने, ‘मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत परेको चलचित्र र आमसञ्चार क्षेत्र अन्तर्गत काम गर्ने योजना सरकारको छ । बजेट तथा कार्यक्रममा यी विषयलाई सम्बोधन गर्न मौलिक पहिचान दिलाउने गरि निर्माण हुने चलचित्रलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम सरकारको छ ।’
राप्रसा सांसद खुश्बु ओलीले नीति तथा कार्यक्रममा संगीत र कला नसमेटिएको कुरा उठाएकी थिइन् । त्यसको जवाफमा मन्त्री तिमिल्सनाले यस्तो जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4