Comments Add Comment

बच्चाहरु समेत पीडित हुन्छन् यी मानसिक रोगहरुबाट

बच्चाहरु स्वभावैले एकदमै नाजुक र कोमल हुने गर्छन् । त्यसैले कुनैपनि स्वास्थ्य समस्या शारीरिक मात्रै नभएर अरु समस्याले पनि उनीहरुलाई छिट्टै आक्रमण गर्ने गर्छ । आजको बदलिँदो समयमा बच्चा शारीरिकका साथसाथ कैयौं तरिकाको मानसिक समस्याहरुसँग पनि जुधिरहेका हुन्छन् । यसमा केही समस्याहरु यस्तो हुन्छ । जुन केवल बच्चामा मात्रै देख्ने गरिन्छ ।

पछिल्लो समय शारीरिकभन्दा पनि मानसिक समस्याबाट धेरै बच्चाहरु प्रभावित हुने गरेका छन् । बच्चाहरुमा यसको लक्षण एकदमै तीव्र हुने गर्दछ । जस्तो यदि एक बच्चा डिप्रेसनमा छ भने उसको हालत एक बयस्क व्यक्तिकोभन्दा गम्भीर हुने गर्छ । त्यसकारण बच्चाहरुको व्यवहारमा आएको बदलावलाई तुरुन्त गम्भीर रुपमा लिनुपर्ने हुन्छ । बच्चामा देखिने समस्यालाई कतिसम्म गम्भीर मान्ने ? यस बारेमा हामी सामान्य जानकारी दिँदै छौं ।

के भन्छन् जानकारहरु ?

चिकित्सकहरु भन्छन् ‘आजको समयमा बच्चाहरुमा कैयौं तरहको मानसिक समस्याहरु सामान्य भइसकेका छन् । जस्तो एन्जाईम डिसअर्डर, पाईका, चाइल्डहुड डिप्रेसन, आटिज्म, ओडीही, इटिङ डिसअर्डर, एडीएचडी आदि । यसबाट मुक्त हुने सबैभन्दा सजिलो उपाय भनेको नै अभिभावकहरुले आफ्नो बच्चाको व्यवहार या उसको खानपानको व्यवहारमा बदलाव आउने बित्तिकै आवश्यक कदम चाल्ने हो ।’ त्यस्ता बदलावहरुको संकेत के हो र यो कसरी हुने गर्छ ?

एन्जाइटी डिसअर्डर

जुन बच्चालाई एन्जाईम डिसअर्डर हुन्छ । त्यसले कुनैपनि चिज या परिस्थितिलाई देखेर डर, चिन्ता या तनावको रिएक्सन दिने गर्दछ । यसको अलावा त्यस्ता व्यक्तिहरुमा कुनै शारीरिक लक्षण समेत देखिने गर्छ । जस्तो नर्मसनेस, तनाव, तीब्र मुटुको धड्कन हुनु, पसिना आउनु जस्ता समस्याहरु हुने गर्दछ । यसका कारण बच्चाहरुमा कैयौं तरहको एन्जाइटी डिसअर्डर हुने गर्दछ । जस्तो आब्सेसिव कप्लसिब डिसअर्डर, पोष्ट ट्रामेटिक स्ट्रेस डिसअर्डर सोसल फोविया आदि हुने गर्दछ ।

एडीएचडी

एडीएचडीबाट समस्याग्रस्त बच्चाहरुलाई आम तौरले आफ्नो ध्यान कुनैपनि एक चिजमा केन्दि्रत गर्नमा समस्या हुने गर्दछ । त्यस्ता मानिसहरु अरुको निर्देशनको पालना गर्न सक्दैनन् र छिट्टै नै तनावमा फस्ने गर्दछन् । केही बच्चाहरुमा यो सबै लक्षण आउँदैन । केही बच्चामा एक या एकभन्दा धेरै लक्षणहरु समेत देखिने गर्छ ।

अटिज्म स्पेक्ट्रम डिसअर्डर

अटिज्म स्पेक्टि्रम डिसअर्डर एक यस्तो गम्भीर डेभलपमेन्ट डिसअर्डर हो । जुन अघिकतर तीन वर्षभन्दा कम उमेरको बच्चाहरुमा देखिने गर्दछ । हालांकी हरेक बच्चामा यसको लक्षण तथा गम्भीरता अलग अलग हुने गर्दछ । तर फेरि पनि यस्तो बच्चाहरुलाई दोस्रोको साथमा कम्युनिकेट गर्नमा समस्या हुने गर्दछ ।

ओपोजिशनल डेफिएन्ट डिसअर्डर

ओपोजिशनल डेफिएन्ट डिसअर्डर अर्थात् ओडीओडी एक यस्तो मानसिक समस्या हो । जसमा बच्चा कहिलै पनि दोस्रोको कुरा मान्ने गर्दैन । यस्तो बच्चाहरुमा रिस र चिडचिडाहट बढी हुने गर्दछ । आजको समयमा धेरै बच्चाहरुले यस तरहको व्यवहार गर्ने गरेको पाइन्छ । जसमा छिट्टै अरुको कुरा नमान्ने मुख्य समस्या हो । यसका बाहेक यो रोग लागेका मानिसहरुलाई आमाबाबुले सम्हाल्न पनि कठिन हुने गर्दछ । सजिलो शब्दमा भन्नुपर्दा बच्चाहरु आफूभन्दा ठूलाले भनेको कुराको उल्टो मात्रै गर्ने समस्या नै यो रोगको मूल संकेत हो ।

कन्डक्ट डिसअर्डर

यो एक यस्तो डिसअर्डर हो । जसमा बच्चाहरु लगातार झगडा गर्ने, झुट बोल्ने, सामान चोर्ने, सामान तोडफोड गर्ने, घरबाट भाग्ने, जनावरप्रति क्रुर बन्ने जस्ता व्यवहारहरु देखाउने गर्दछन् । अधिकतर मातापिता यस्ता बच्चाहरुलाई अनाहकमा गाली गर्ने गर्छन् । जबकी उनीहरुलाई त्यो समयमा गाली होइन औषधिको आवश्यकता परिरहेको हुन्छ ।

इटिङ डिसअर्डस

यस्तो समस्या भएका बच्चाहरुमा मुख्य रुपले बच्चाको मनको भावनाहरु खाने एवं वजनसँग जोडिएको हुने गर्दछ । त्यस्तो इटिङ डिसअर्डर बच्चाहरुको साथसाथ ठूला मानिसहरुमा समेत देख्ने गरिन्छ । यसको मुख्य रुपमा एनोरेक्सिया, नर्वाेसा, बुलिमिया, नर्वाेसा बिंग इटिङ डिसअर्डर आदि हुने गर्दछ । यसको कारण केवल बच्चाहरु कुपोषित हुनु मात्रै होइन । उनीहरुको विकासमा प्रभाव नपर्नु पनि हो । त्यसैले यसलाई नजरअन्दाज गर्नु हुँदैन ।

मुड डिसअर्डर

मुड डिसअर्डर जस्ता डिप्रेसन या बाइपोलर डिसअर्डर आदिमा बच्चाहरुलाई एकदमै धेरै मूड स्विंग्स हुन्छ । त्यो कहिले एकदमै धेरै समयसम्म बिना कुनै कारण उदास हुने गर्दछ भने कहिले चिडचिडाहट र कहिले खुशी हुने गर्दछ । यसरी उसलाई सम्झना नै हुने गर्दैन कि उनीहरु आफ्नो मुडमा आउनेवाला यी बदलावहरुलाई कुनै तरिकाले सम्हाल्ने गरुन् ।

परवेसिव डेभलपमेन्ट डिसअर्डर

यो समस्या भएका बच्चाहरु आम रुपमा आफ्नै सोचमा भ्रमित हुने गर्छन् । यसको कारण उनीहरुको आसपासको दुनियाँलाई सम्झनको लागि समस्या हुने गर्दछ ।

सिजो सिजेफेनिया

सिजो सिजेफेनिया एउटा गम्भीर मानसिक रोग हो । यसमा अधिक टिजएजर्सहरु फस्ने गर्दछन् । यस बिरामीबाट पीडित बच्चा वास्तविक दुनियाँबाट दूर हुने गर्दछ । र, काल्पनिक बस्तुहरुलाई नै सच्चाई सम्झने गर्दछ । उनीहरुलाई स्मरणमा आउने गर्दैन कि सामाजिक परिस्थितिमा उनीहरुलाई के प्रतिक्रिया दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment