+
+

दिशाको साथमा सलमानले सुरु गरे ‘राधे’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते १७:०५

नायक सलमान खान अहिले चलचित्र ‘दबंग ३’को प्रचारमा व्यस्त छन् । चलचित्रको प्रचार अगाडि बढिरहेको समयमा सलमानले सन् २०२० को इदमा रिलिज हुने भनिएको चलचित्र ‘राधे’को छायांकन सुरु गरेका छन् ।

सलमान आफैले सामाजिक संजालबाट चलचित्रको छायांकन सुरु भएको खुलाएका छन् । यो चलचित्रलाई प्रभु देवाले निर्देशन गर्दैछन् । चलचित्रमा सलमानको साथमा नायिका दिशा पटानीले काम गर्नेछिन् । चलचित्रको शुभसाइत समारोहमा दिशा पनि उपस्थित थिइन् ।

यो एक कोरियन चलचित्रको रिमेक हो । चलचित्रमा रणदिप हुड्डाको पनि मुख्य भूमिका रहनेछ । नायक सलमान खानले इदमा चलचित्र रिलिज गर्ने शैलीलाई छाडेका छैनन् । यसपटक, उनी पर्दाको लोकप्रिय नाम ‘राधे’लाई दर्शकमाझ ल्याउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?