Comments Add Comment

कृष्णबहादुर महराको बयान सकियो, थुनछेक बहस आइतबारमात्रै

Photo Credit : चन्द्रबहादुर आले/अनलाइनखबर

१५ कात्तिक, काठमाडौं । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान शुक्रबार सकिएको छ ।

जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको हो ।

बयान लामो भएपछि थुनछेक बहस हुन नपाएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘आज बयान सकिएन । आइतबार बिहान १० बजे उपस्थित गराउने गरी छाडेका छौं ।’

महराले बयानमा वारदात स्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ ।

महरालाई प्रहरीले पुनः थापाथलीस्थित नर्भिक अस्पताल लगेका छन् । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरा केही दिन सिंहदरबार प्रहरी वृत्तको हिरासतमा बसेका थिए ।

तर, अस्वस्थ भएको भन्दै अस्पताल भर्ना गरिएको थियो । त्यसयता उनी नर्भिक अस्पतालमै छन् । महराविरुद्ध बिहीबार दिउँसो जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको थियो ।

आइतबार थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनसक्छ ।

यो पनि पढ्नुस् 

महराविरुद्ध प्रहरीले जुटाएको प्रमाण: एसएमएसदेखि चश्माको पावरसम्म

‘तीनकुनेमा सम्झाउन गएको हुँ, सम्पर्क नभएपछि फर्किएँ’

महराले रगत दिन मानेनन्, डीएनए परीक्षण भएन

महराविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment