
१६ कात्तिक, डोटी । डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।
घटनामा करिब ३० जना घाइते भएको अनुमान प्रहरीले गरेको छ । घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक केवी वोहराले जानकारी दिए ।
४० जना यात्रु सवार उक्त बस सडकबाट करिब ४० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4