Comments Add Comment

विश्वको प्राचीन स्मार्ट सिटी अयोध्या

के भन्छ ऐतिहासिक दस्तावेज ?

झट्ट सुन्दा अँग्रेजी शब्द स्मार्ट सिटी भन्ने बित्तिकै यो पश्चिमा मुलुकहरुबाट सुरु भएको अवधारणा भन्ने लाग्छ । सोही अवधारणाको पछि लागेर नेपालमा पनि अहिले दर्जन बढी स्मार्ट सिटीका योजना तयार पारिँदै छ । सरकारी एवं गैर सरकारी संस्थाहरुले समेत यसमा काम गरिरहेका छन् । तर, यो स्मार्ट सिटी आजभन्दा हजारौं वर्ष पहिले भारत वर्षमा नै सुरु गरिएको थियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

स्मार्ट सिटी सबै सुविधाहरुद्वारा युक्त शहर हो । २०१७ मा अमेरिकी एक स्मार्ट सिटीहरुको सुविधालाई ध्यानमा राख्दै विश्वको सबैभन्दा स्मार्टेस्ट सिटीको पहिलो नम्बरमा न्यूयोर्क शहर पारेको छ । त्यो सन् २००९ देखि स्मार्ट सिटीको अवधारणा अनुसार चलेको शहर हो । तर, विश्वमा स्मार्ट सिटीको अवधारणा भने २० औं शताब्दीको अन्तिम र २१ औं शताब्दीको सुरुदेखि नै तीब्र रुपमा अघि बढेको पाइन्छ ।

नेपालमा भने यो अवधारणाको बहस सन् २०१२ देखि भएको हो । सन् २०१२ मा ‘लुम्बिनी शान्ति शहर’को गुरुयोजना बनाउने समयमा आधुनिक सूचना प्रणालीका सबै संयन्त्रहरुको परिकल्पना, पार्क, हरियाली र वातावरणमैत्री तथा प्रदूषणरहित शहरको आवश्यकता बारे बहस भएको थियो । त्यही समयदेखि नेपालका अरु ठाउँमा पनि स्मार्ट सिटी बनाउने बारेमा बहस सुरु भएको हो ।

विश्वमा कैयौं स्मार्टसिटी बनिसकेका छन् । पश्चिमाहरुले सुरु गरेको भनिएको स्मार्ट सिटीलाई हामीले पनि स्वीकारिसकेका छौं । यो समयखण्डमा आएर भारतमा के अयोध्या पहिले नै स्मार्ट सिटी थियो ? भन्ने बारेमा बहस सुरु भएको छ । हुनत धेरै कुराहरु परापूर्व कालमा हामीले प्रयोग गरिसकेको विषयलाई कैयौं शताब्दीपछि पश्चिमीदेशहरुले अंगिकार गरेको पाइन्छ । त्यसैलाई फेरि हामीले उनीहरुको परिस्कृत शैलीलाई सिक्न थाल्यौं । स्मार्ट सिटीको अवधारणा पनि त्यही त होइन ? भन्ने विषयको बहस अहिले जारी छ ।

रामायणकालदेखि महाभारतकालसम्म अयोध्या नगर दुनियाँको सबैभन्दा शानदार शहर थियो भन्ने विषय पौराणिक किंवदन्तीहरुमा पाइन्छ । यी किंवदन्तीहरु धेरैहदसम्म सत्यताको नजिक पनि पाइन्छ । किनभने ईसापूर्व ३ हजार वर्षको सिन्धुघाँटी सभ्यतामा नै सुविधा युक्त शहर बन्नको लागि आवश्यक धेरै सामग्रीहरु भेटिएको छ ।

त्यतिबेला अयोध्या कोसल जनपदको राजधानी थियो । वाल्मीकिद्वारा रचित रामायणको बालकाण्डमा उल्लेख भएको विषय अनुसार अयोध्यामा १२ योजन लामो र ३ योजन चौडा शहर थियो । सूर्य सिद्धान्त अनुसार एक योजनमा ८ किलोमिटर हुन्छ । वाल्मीकि रामायणमा अयोध्याको पुरै वर्णन गरिएको छ । त्यहाँ भनिएको छ ।

कोसलो नाममुदितः स्फीतो जनपदो महान्

निर्विष्टः सरयूतीरे प्रभूत धनधान्यवान् – (रामायण १/५/५)

अर्थात् : सरयू नदीको तटमा सन्तुष्ट मानिसहरुबाट भरिपूर्ण धनधान्यले भरिएको, उत्तरोत्तर उन्नति प्राप्त कोसल नामक एक ठूलो देश थियो ।

अयोध्या नाम नगरी तत्रासील्लोकविश्रुता
मनुना मानवेन्द्रेण या पुरी निर्मिता स्वयम् – १-५ -६

अर्थात्, यही देशमा मनुष्यका आदिराजा प्रसिद्ध महाराज मनु समेत बसेका थिए । सो ठाउँमा तीनै लोकहरुमा चर्चित अयोध्या नामको एक नगरी थियो। -(१/५/६)

आयता दश च द्वे च योजनानि महापुरी
श्रीमती त्रीणि विस्तीर्णा सुविभक्ता महापथा – (१-५-७)

अर्थात्, नगरको लम्बाई, चौडाई र सडकहरुको बारेमा महषिर् वाल्मीकि लेख्छन् – ‘यो महापुरी बाह्र योजन चौडा थियो । यस नगरीमा सुन्दर, लामो र चौडा सडक थियो ।’

राजमार्गेण महता सुविभक्तेन शोभिता

मुक्तपुष्पावकीर्णेन जलसिक्तेन नित्यशः –१/५/८)

अर्थात्, वाल्मीकि अयोध्याको सडकहरुको र सुन्दरताको बारेमा लेख्छन् । ‘त्यो पूरा चारै तर्फ फैलिएको छ । ठूला ठूला सडकहरुबाट सुशोभित थियो । सडकमा दैनिक पानी छर्किने गरिन्थ्यो । र फूल पनि ओच्छ्याउने गरिन्थ्यो ।’

‘तां तु राजा दशरथो महाराष्ट्रविवर्धनः

पुरीमावासयामास दिवं देवपतिर्यथा – -१/५/९)

अर्थात्, इन्ऽको अमरावतीको जस्तै महाराज दशरथले त्यो पुरीलाई सजाएका थिए । यस पुरीमा राज्यलाई एकदमै बढाउने महाराज दशरथ उसै प्रकारले रहने गर्दथे । जसरी स्वर्गमा इन्ऽको बास हुन्छ ।

माथि उल्लेखित यी प्रमाणहरुले अयोध्या पनि पहिले स्मार्ट सिटी थियो । भन्ने कुरालाई पुष्टि गरेको छ । अहिले स्मार्ट सिटी बन्नको लागि सडकहरु व्यवस्थित भएको, सवारी चाप कम गर्नको लागि आफैंद्वारा सञ्चालित प्रविधिहरुको विकास भएको, नगरबासीको बारेमा हरेक सूचना अद्यावधिक भएको जस्ता आवश्यकताहरु तोकिएको छ ।

अहिलेको स्मार्ट सिटीको लागि भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार हुनुका साथै अत्याधुनिक बजारको आवश्यकता औंल्याइएको हुन्छ । आधुनिक शहरमा आवश्यक पर्ने कुनैपनि विषय नछुटेको शहरलाई स्मार्ट सिटी भनिन्छ । आधुनिक स्मार्ट सिटीमा अटोमेटिक सेन्सर र डाटा सेन्टर समेत हुनेछन् ।

यस बाहेक पनि सूचना प्रविधिमा अगाडि, कागज रहित भुक्तानी प्रणाली जस्ता अन्य विविध आवश्यकताहरु पनि तोकिएका छन् । यी आवश्यकताहरु समयले माग गरेका आवश्यकताहरु हुन् । प्राचीन समयमा अहिलेको जस्तो सवारीको चाप थिएन । त्यसका कारण स्वचालित सवारी नियन्त्रण प्रणालीको आवश्यकता नै त्यतिबेला थिएन । अहिलेको जस्तो सूचना प्रविधिको विकास नभईसकेको भएपनि त्यतिबेलाको परिस्थिती अनुसार त्यो पनि स्मार्ट सिटीको अवधारणा अनुसार नै बनाएको हुनसक्ने बहसलाई गलत मान्न सक्ने आधार भने देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment