+

चेल्सीको सहज जित, पोस्टेकोग्लु बर्खास्त

२०८२ कात्तिक  १ गते २०:४० २०८२ कात्तिक १ गते २०:४०
चेल्सीको सहज जित, पोस्टेकोग्लु बर्खास्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेल्सीले प्रिमियर लिगमा नटिङहम फरेस्टलाई ३-० ले पराजित गरेको छ।
  • फरेस्टको प्रशिक्षक एन्जे पोस्टेकोग्लुलाई ८ खेलमा जितविहिन भएपछि बर्खास्त गरिएको छ।
  • पोस्टेकोग्लु ३९ दिनमै फरेस्टको प्रशिक्षक पदबाट हटाइएका हुन्।

१ कात्तिक, काठमाडौं । दोस्रो हाफमा तीन गोल गर्दै चेल्सीले प्रिमियर लिगमा शनिबार नटिङहम फरेस्टलाई ३-० ले पराजित गरेको छ ।

फरेस्टको मैदानमा भएको खेलमा चेल्सीका लागि जोसुअ अचेमपोङले ४९औं, पेड्रो नेटोले ५२औं र रिस जेम्सले ८४औं मिनेटमा गोल गरे ।

मालो गुस्तोले ८७औं मिनेटमा रातो कार्ड पाएपछि फरेस्टले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

चेल्सीसँग पराजित भएको केही मिनेटपछि नै फरेस्टले मुख्य प्रशिक्षक एन्जे पोस्टेकोग्लुलाई बर्खास्त गरेको छ ।

६० वर्षीय पोस्टेकोग्लु गत महिना नुनो इस्प्रिरितोको स्थानमा फरेस्टको प्रशिक्षक बनेका थिए । तर ८ खेलमा जितविहिन भएपछि ३९ दिनपछि नै उनी बर्खास्तीमा परे ।

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय