Comments Add Comment

विभागीय टोली पुलिसको विजयी सुरुवात

१७ कात्तिक, विराटनगर । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डपकमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । झापाको विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा जारी गोल्डकप अन्तर्गत आइतबारको खेलमा घरेलु टोली झापा ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको हो ।

पुलिसको जितमा सुमन लामा र यौजन याक्काले एक/एक गोल गरे । झापाका लागि योगेश गुरुङले एक गोल फर्काए ।

खेलको पहिलो हाफमा पुलिसले झापामाथि अग्रता बनाएको थियो । खेलको १५ औं मिनेटमा पुलिसका लागि सुमनले गोल गरेका थिए । सुमनको गोलमा पहिलो हाफ १–० ले अघि रहेको पुलिसले दोस्रो हाफको १४ औं मिनेटमा सौजनको गोलमा अग्रता दोब्बर बनायो ।

खेलको ७४औं मिनेटमा झापाका लागि योगेशले एक गोल फर्काएका थिए ।

पुलिसले सेमिफाइनल प्रवेशका लागि मंगलबार बाइपाएर क्वाटर फाइनल पुगेको अर्को विभागीय टोली एपिएफसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबारबाट सुरु भएको प्रतियोगितामा आयोजक जायोन स्पोर्ट क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै सिक्कीम क्वाटर फाइनल प्रवेश गरेको थियो । सिक्किमले सोमबार संकटा क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment