+
+

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १८ गते १५:५१

१८ कात्तिक, वीरगञ्ज । पर्सामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका वडा ६ बस्ने २१ वर्षीय रवीन्द्र पासवान दुसादको मृत्यु भएको हो ।  उनी पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ अकवा टोलमा आइतबार लागेको झन्डामेला हेर्न गएका थिए ।

फर्कने क्रममा उनी चढेको ना ३३ प २९४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटोको छेउमा गाडिएको होडिङ्ग बोर्डको पिलरमा ठोक्किएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रवीन्द्रलाई उपचारको लागि नारायणी अस्पताल पठाइएकोमा अस्पतालले मृत घोषित गरेको प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?