Comments Add Comment

सानिमा दीर्घायु बचत तथा तलब खाता

१९ कात्तिक, काठमाडौं । सानिमा बैंकले बचत कर्ताहरुका लागि स्वास्थ्यपरिक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता ल्याएको छ ।
यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले रु. ५ हजारको बाषिर्क स्वास्थ्य परीक्षण सुविधा लिन सकिने छ । साथै, नेपाल र भारतमा हुने उपचारमा रु. १ लाख सम्मको औषधि उपचार बीमा सुविधा लिन सकिने छ ।

त्यसै गरी, यदी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ रु. २० लाख बीमा रकम दावी गर्न सकिने छ । यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको रु. ३ लाख रुपैया बीमा तथा रु २५ हजारको मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ ।

बंैकले आˆना ग्राहकहरुका लागि उपयुक्त हुने बिभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको छ । बीमा सम्बन्धी थप जनकारीको लागि नजिकैको शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नुहुनेछ वा बैंकको वेबसाईटमा लग ईन गर्न सकिनेछ ।

सानिमा बंैकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटिएम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment