Comments Add Comment

फ्रेन्ड्सले भित्र्यायो तीन ब्राजिलियन खेलाडी

१९ कात्तिक, काठमाडौं । ए डिभिजन क्लब फ्रेन्ड्सले तीन जना ब्राजिलियन खेलाडी अनुबन्धित गरेको छ ।

शहिद स्मारक ए डिभिजन लिग फुटबलका लागि फ्रेन्ड्सले ब्राजिलका वाग्नर डी कर्मा, फिलिप डी सुजा र साउलो डी अक्युनो रहेका छन् । तीनै खेलाडी क्लबमा आबद्ध हुन मंगलबार नै नेपाल आएका छन् ।

खेलाडीलाई फ्रेन्ड्स क्लबका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । क्लबका कार्यसमिति सदस्य राजराम तण्डुकारले ‘ए’ डिभिजन लिगको लागि क्लबमा भित्र्याएको जानकारी दिए ।

उनले भने, ‘हामीले तीन जना ब्राजिलियन खेलाडी भित्र्याएका छौं । सबैको सम्झौता एक वर्षको हुनेछ । हामीले लिगलाई मध्यनजर गर्दै मुख्य प्रशिक्षकमा मार्कस फिलिपलाई पनि अनुबन्धित गरेका छौं ।’

प्रशिक्षक मार्कस एक साताभित्र नेपाल आईपुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment