१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इराक र सेनेगलबीचको खेलमा पहिलो हाफ सकिँदा सेनेगल १–० ले अगाडि छ ।
खेलको चौथो मिनेटमै सेनेगलका लागि हबिब डियराले गोल प्रहार गरेका थिए । त्यसपछि दुवै टिमले पहिलो हाफभरि अर्को गोल थप्न सकेनन् ।
खेलको १३ औं मिनेटका इराकका रेबिन सुलाकाले रेड कार्ड खाएर मैदानबाट बाहिरिएका थिए । त्यसपछि इराक १० खेलाडीमा सीमित बनेको छ ।
प्रतिक्रिया 4