+
फिफा विश्वकप :

फ्रान्स भर्सेस् नर्वे : २१ मिनेटमै ३ गोल, फ्रान्स २–१ ले अगाडि

२०८३ असार  १३ गते १:१३ २०८३ असार १३ गते १:१३

खेलको २१ मिनेटभित्रै तीन गोल भइसकेका छन् । जसमा फा्रन्स २–१ गोलअन्तरले अगाडि छ ।

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वेबीचको खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ । खेलको २१ मिनेटभित्रै तीन गोल भइसकेका छन् । जसमा फा्रन्स २–१ गोलअन्तरले अगाडि छ ।

खेलको सातौं मिनेटमा फ्रान्सका लागि उसमान डेम्बेलेले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि २० औं मिनेटमा डेम्बेले फेरि अर्को गोल थप्दै फ्रान्सलाई २–० ले दोब्बर अग्रता दिलाए ।

त्यसको १ मिनेटभित्रै २१ औं मिनेटमा नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै नर्वेको पनि खाता खोलेका छन् ।

योसँगै खेल २–१ को स्थितिमा पुगेको छ ।

समूह ‘आई’मा दुवै टोलीले यसअघि नै दुई दुई खेल जितेर नक आउट चरण प्रवेश गरिसकेका छन् । यो खेलले समुह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय