१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वेबीच जारी खेलको पहिलो हाफ सकिएको छ ।
यो हाफमा फ्रान्सका उसमान डेम्बेले चम्किएपछि फ्रान्स ३–१ले अगाडि छ । फ्रान्सका लागि तीनओटै गोल डेम्बेलेले प्रहार गर्दै ह्याट्रिक गरेका हुन् ।
डेम्बेलेले खेलको सातौं मिनेटमा पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि २० औं मिनेटमा डेम्बेले फेरि अर्को गोल थप्दै फ्रान्सलाई २–० ले दोब्बर अग्रता दिलाए ।
त्यसको १ मिनेटभित्रै २१ औं मिनेटमा नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै नर्वेको पनि खाता खोलेका थिए ।
त्यसपछि खेलको ३२ औं मिनेटका डेम्बेलेले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
जारी विश्वकपमा यो तेस्रो ह्याट्रिक हो । यसअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र क्यानडा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए ।
प्रतिक्रिया 4