+
+

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २० गते ८:२३

२० कात्तिक, पर्सा । वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार भएको छ ।

घटना गएराति वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा भएको हाे । घटनामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको छ। गोली दासको दाहिने खुट्टामा लागेको छ ।

एक राउण्ड गोली हानेर अपहरणकारी पक्राउ गरेको पुष्टि पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोरले गरे । बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने एसपी राठौरले बताए ।

काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको एसपी राठौरले बताए । साथै बालकको सकुशल उद्दार गरिएको उनको भनाइ छ ।

गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?