+

पहिलो दिन एमसीसीको ३११ रन

२०७६ कात्तिक  २० गते १८:३३ २०७६ कात्तिक २० गते १८:३३
पहिलो दिन एमसीसीको ३११ रन

२० कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले तीन दिवसीय फर्ष्ट क्लास क्रिकेटको पहिलो दिनको समाप्तिसम्म नेपालविरुद्ध ३११ रन बनाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले खराब प्रकाशको कारण १० ओभरअघि नै पहिलो दिनको खेल सकाएको छ ।

पहिलो दिन एमसीसीले नेपालविरुद्ध ८६ ओभरको समाप्तिमा ३११ रन बनाएको हो ।

एमसीसीका लागि विल रोडसले ७३, विल भान्डर्सपरले ५३, माइल्स हाम्मोनले ५२ र टोम वेष्टलीले ३९ रन बनाए । त्यस्तै, यासिर अरापतले ३५ र एलेक्स थोम्पसनले अविजित २२ रन बनाएका छन् ।

नेपालका लागि सोमपाल कामी, शरद भेषवाकर र सन्दीप लामिछानेले समान २-२ विकेट लिएका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय