आजको पुस्तामा हरेक अवस्था र स्थितिमा हामी नै राम्रो बन्नु पर्ने बाध्यता रहेको छ । हाम्रा अभिभावकहरु हामीबाट राम्रा छोरा-बुहारी बनोस् भन्ने चाहना राख्छन् । हाम्रा सन्तान हामी राम्रो अभिभावक होस् भन्ने चाहन्छन् ।
यदि कसैले तपाईंलाई अझ राम्रो बन्नको लागि ज्ञान दिन थाल्यो भने तपाईंलाई भित्र-भित्रै रिस उठ्न थाल्छ । किनभने तपाईंले आफ्नो बच्चाको लागि धेरै कुरा त्याग र सम्झौता गर्नुभएको हुन्छ । यति हुँदा-हुँदै पनि तपाईंलाई कति कुराको ज्ञान नभएर आफ्नो बच्चालाई चाहेर पनि राम्रो बनाउन सक्नुभएको हुँदैन ।
बालबालिकालाई माया गर्नुपर्छ
बालबालिकालाई माया गर्नुपर्छ । तर, उनीहरु ठूलो हुनुपर्छ भन्ने कुरा बिर्सनुहुँदैन । बालबालिका यति मायालु हुन्छन् कि संसारको सबैभन्दा कठोर मन भएको व्यक्तिको मन पनि पग्लिन्छ । जब कुरा आफ्नै सन्तानको हुन्छ । उनीहरु त हाम्रो कमजोरी नै हुन्छन् । त्यस्ता धेरै अभिभावकहरु छन् । जसले आफ्नो बच्चालाई असीमित माया गर्ने क्रममा यस्तो मायाले के असर गर्छ भन्ने कुरा देख्दैनन् ।
पश्चिमका कुनै दार्शनिकका अनुसार बच्चालाई माया गर्नाले बच्चा बिग्रँदैनन् । तर, उनीहरुको गलत कुरालाई बेवास्ता गर्नाले उनीहरु गलत बाटोमा हिँड्न थाल्छन् । बालबालिकालाई मायाले सही बाटो देखाउनुपर्छ । तर, उनीहरुले कुनै गल्ती गर्छन् भने फेरि त्यस्तो गल्ती नदोहोर्याउन् भनेर राम्रोसँग सम्झाउनुपर्छ । कहिलेकाहीँ तपाईंले सुन्नु भएको होला, बच्चामा ध्यान दिएको भए यस्तो हुने थिएन । बच्चा सधैँ बच्चै रहिरहँदैन । ऊ ठूलो पनि हुनुपर्छ । त्यसैले बालबालिकालाई माया गर्दा र सम्झाउँदा यी कुरामा ध्यान दिनुपर्छ ।
बच्चाको आदर्श अभिभावकको भूमिका
हामीले बच्चाको रोल मोडल बन्नुपर्छ भन्ने कुरा कतिपटक, कति तरिकाले पढ्नु अथवा सुन्नु भएको होला । यो कुरा एकदम सही हो । संसारको हरेक अभिभावक आफ्नो बच्चाको सुरुवाती रोल मोडल अथवा हिरो हुन्छन् । उनीहरुले तपाईं जस्तै व्यवहार गर्छन् । उनीहरुको हिरोले उनीहरुलाई सही शिक्षा प्रदान गरोस् भन्ने चाहनुहुन्छ भने हिरोले पनि सही काम गर्नुपर्छ । तपाईंले सही काम गर्नुहुन्न भन्ने हाम्रो अर्थ होइन । तर, तपाईंले जस्तो काम अथवा व्यवहार गर्नुहुन्छ । ठूलो भएर बच्चाले त्यस्तै गर्छ ।
बालबालिकाको जिन्दगीमा धेरै सहभागी हुनु हुँदैन
हरेक अभिभावकहरुले आफ्ना बच्चालाई समय दिनुपर्छ । बच्चालाई समय दिनका लागि कामकाजी अभिभावकहरुले आफ्नो शेड्युलसँग सम्झौता गर्छन् र समय निकाल्छन् । यदि तपाईंले बारम्बार यस्ता गर्नु परेको छ भने हरेक समय बच्चासँग रहनु र उसको जिन्दगीमा सहभागी हुनु आवश्यक छ भन्ने कुरा आफैलाई सोध्नुपर्छ ।
हो, बच्चालाई भाग्यको भरोसामा छाड्नु हुँदैन । तर, केही अभिभावकहरु बच्चाको लालनपालनमा यति हराउँछन्, बच्चाको होमवर्कलाई पनि उनीहरु आफ्नै सोच्न थाल्छन् । यसो गर्दा कामको चाप बढ्छ र बच्चाले होमवर्कबाट जे सिक्नु पर्ने थियो त्यो सिक्न पाउँदैन । त्यसैले आफ्ना बच्चालाई गाइड गर्नुपर्छ । तर, उनीहरुको काम आफूले गरिदिनु हुँदैन । उनीहरुलाई आत्मनिर्भर बन्न दिनुपर्छ ।
उमेरसँगै बच्चा तपाईं परिर्वतन हुनुपर्छ
उमेरसँगै बच्चामा परिर्वतन हुन्छ । बच्चासँगै अभिभावक पनि परिर्वतन हुनु आवश्यक छ । यदि तपाईं आफू र बच्चाबीचमा सधैं स्वस्थ सम्बन्ध रहोस् भन्ने चाहनुहुन्छ भने बच्चाको उमेरसँगै तपाईं पनि परिवर्तन हुन आवश्यक छ । तपाइर्ंको बच्चाले बाल्यवस्थामा जे कुरामा मन खोलेर हाँस्ने गर्दथ्यो ।
त्यही कुरामा ठूलो भएपछि उसले त्यस्तै प्रतिक्रिया जनाउँछ भन्ने हुँदैन । ऊ ठूलो हुँदैछ भन्ने थाहा पाएपछि तपाईंले पनि उसँग ठूलोको जस्तो व्यवहार गर्नुपर्छ । उसलाई हसाउँने, फकाउने, सम्झाउने तरिकालाई पनि तपाईंले समयसँगै परिर्वतन गर्नुपर्छ । तपाइर्ंको बच्चा ठूलो हुने क्रममा एउटा त्यस्तो समय पनि आउँछ, जसमा बच्चासँग सम्बन्धित कुराको निर्णयमा उसको कुराको महत्व तपाईंको समझदारीभन्दा बढी हुन्छ । त्यो कुराको लागि पनि तपाईंले आफूलाई तयार गर्नुपर्छ ।
कसरी देखाउन सही बाटो
तपाईंको बच्चा सही बाटोमा हिँडोस् भन्नका लागि सबैभन्दा आवश्यक कुरा उसको लागि बनाइएको नियमहरु नियमित हुनुपर्छ । यदि तपाईंले दिनहुँ नयाँ-नयाँ नियम बनाउनुभयो । ऊ कन्फ्युज हुन्छ र उसको व्यवहार पनि अव्यवहारिक हुन थाल्छ । त्यसैले सर्वप्रथम तपाइर्ंले बनाउनु भएको नियममा तपाईं आफू अनुशासित हुनुपर्छ । तपाईंले आफ्नो बच्चाको लागि बनाउनु भएको नियम तार्किक आधारमा हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । यस्तो भएन भने बच्चा ठूलो भएपछि उसमा तर्कशक्ति विकसित हुन्छ उसले अतार्किक र अभिभावकद्वारा बनाएको एकतर्फी नियमलाई च्यालेन्ज गर्न थाल्छ । यसले तपाइर्ं र तपाईको बच्चाको सम्बन्धमा नकारात्मक असर पनि पर्नसक्छ ।