+
+
WC Series
Nepal
211/4 (20)
VS
४५ बलमा १६० रन आवश्यक
Samoa
52/4 (12.3)
Shares

साउनयता चार गैँडा मरे

रासस रासस
२०८२ असोज ३१ गते १८:४२
फाइल तस्वीर

३१ असोज,चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता चार वटा गैँडा मृत अवस्थामा फेला परेका छन् । तीमध्ये दुई वटा भाले एउटा पोथी र एउटाको पहिचान नखुलेको पाइएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार मृत भेटिएका गैँडामध्ये तीन वटा प्राकृतिक कारणले मरेका हुन् भने एउटा विद्युतीय करेन्ट लागेर मरेको हो । पछिल्लो पटक अमलटारी क्षेत्रमा २५ वर्षको गैँडा मृत भेटिएसँगै यस वर्ष चार पुगेको हो ।

गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा २८ वटा गैँडा मरेका थिए । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?