+
+

सरकारसँग खनालको माग : सीमाबारे भारतसँग तत्काल वार्ता गर

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १६:१८

२१ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमोत्तर सीमानाबारे तत्काल भारतसँग वार्ता गर्न माग गरेका छन् ।

खनालले बिहीबार विज्ञप्ति जारी गर्दै भारतले हालै प्रकाशित गरेको नक्साले नेपाली भूभाग अतिक्रमित भएको प्रष्ट पारेको बताए । ‘नेपालको पश्चिमोत्तर सीमाना सुगौली सन्धीले नै निर्धारण गरिसकेको छ । त्यो सीमानालाई चलाउने अधिकार कसैलाई छैन’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेतासमेत रहेका खनालले भनेका छन् ।

नेपालको सीमाना महाकाली नदीले निर्धारण गरेको र त्यो भनेको लिम्पियाधुराबाट निस्किएको काली नदी भएको भन्दै खनालले त्यसपूर्वका नापी, गुन्जी र लिपुलेक लगायतका भूभाग नेपालको भएको बताए ।

उनले भनेका छन्, ‘यसबारे ऐतिहासिक कालदेखिका तथ्यांकहरु प्रस्तुत गर्न, भारत सरकारसँग अविलम्व वार्ता गर्न र कूटनीतिक ढंगले समस्या समाधान गर्दै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डाताको रक्षा गर्न न नेपाल सरकारसँग जोडदार आग्रह गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?