Comments Add Comment

भ्वाइस अफ नेपालको निर्णय अब दर्शकको हातमा

हुँदैछ भोटिङ लाइन खुला

भ्वाइस अफ नेपालको मञ्चमा अहिले १२ जना प्रतिस्पर्धीको घम्साघम्सी छ । यिनै प्रतियोगीमध्ये एक जना भ्वाइस अफ नेपालको विजेता बन्नेछ । अतः विजेताका लागि अब चार जना निर्णायकले निर्णय दिन सक्ने छैनन् । किनभने यो प्रतियोगिता भोटिङ चरणमा उक्लिसकेको छ । यससँगै १२ जनामध्ये एक जनालाई शीर्ष उपाधि दिलाउने हात दर्शकको हुनेछ । दर्शककै भोट अब भ्वाइस अफ नेपालको लागि निर्णायक मानिने प्रोजेक्ट हेड एवं प्रोड्युसर लक्ष्मण पौडेलले बताए ।

आज शुक्रबार हिमालय टेलिभिजन एचडीबाट प्रसारण भएसँगै भ्वाइस अफ नेपालको भोटिङ चरण खुला गरिनेछ । शुक्रबार र शनिवारको एपिसोडमा प्रतियोगीहरुको प्रस्तुति हेर्न पाइनेछ । उक्त प्रस्तुतिको आधारमा दर्शकले प्रतियोगीलाई भोट गर्न सक्नेछन् । आगामी शुक्रबार रातिसम्म अन्तिम प्रस्तुती सम्म भोटिङ खुला हुनेछ ।

भोटिङका लागि एस एम एस मार्फ़त र प्रभु–पे मोबाइल एप डाउनलोड गरी दर्शकले आफूलाई मन पर्ने प्रतियोगीलाई भोट गर्न सक्नेछन् । प्रतियोगीलाई विश्वका जुनसुकै कुनाबाट पनि भोट गर्न सकिनेछ । दर्शककै भोटको आधारमा प्रतियोगीको भाग्य–परीक्षा हुनेछ । १२ जना प्रतियोगीमध्ये कम भोट प्राप्त गर्ने प्रतियोगीले मञ्च छाड्नुपर्नेछ । हरेक हप्ता दुई जनाले भोटकै आधारमा मन्च छाड्दै जानेछन् ।

कोच दीप श्रेष्ठ, प्रमोद खरेल, आस्था राउत र राजु लामाको टिममा रहेका तीन–तीन जना प्रतियोगीबीच अबको भीडन्त हुनेछ । अबको चरण भनेको कोचहरुको पनि ढुकढुकी बढाउने हो । उनीहरुले आफ्ना समूहमा सामेल गरेका प्रतियोगीलाई दर्शकले कति रुचाउँछन् भन्ने कुराले पनि कौतुहलता जगाउनेछ ।

कस्ता–कस्ता प्रतियोगी ?

भ्वाइस अफ नेपालको दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्न नेपाल मात्र होइन, अमेरिकादेखि दार्जिलिङसम्मका प्रतियोगी सामेल भए । उनीहरुमध्ये कतिले भ्वाइस अफ नेपालको आफ्नो यात्रा टुंग्याइसकेका छन् भने कतिपय निरन्तर अगाडि बढ्दैछन् ।

यस भीडन्तमा मेचु धिमाल, बलबहादुर राजवंशीदेखि याल्की याल्मोसम्म छन् । राम लिम्बु, सशिका सुनुवार राई, गीता शर्मा, विकास लिम्बु अबको भीडन्तका लागि तम्तयार छन् । अञ्जु राना मगर, सनिश श्रेष्ठ, रजनी रिदम राई, सन्जय महत, आरिफ राउफ शीर्ष उपाधिका लागि लड्नेछन् ।

भ्वाइस अफ नेपाल सर्वाधिक चर्चित सांगीतिक रियलिटी शो हो । हिमालयन टेलिभिजनबाट प्रसारण हुँदै आएको प्रतियोगिताको अहिले दोस्रो संस्करण जारी छ । साउनको पहिलो साताबाट सुरु भएको भ्वाइस अफ नेपाल सिजन २ हरेक सुक्रबार र शनिबार साँझ ८ बजे प्रशारण हुँदै आएको छ । दोस्रो संस्करणका लागि देश–विदेशबाट करिब २३ हजार प्रतियोगीले डिजिटल अडिसनमा सहभागिता जनाएका थिए । त्यसमध्ये एक सयभन्दा बढी प्रतियोगीले ब्लाइन्ड अडिसनका लागि मौका पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment