Comments Add Comment

कीर्ते अभियोग लागेका राज्यमन्त्री रावलले दिए राजीनामा

२४ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।

पौने १६ करोड कीर्ते अभियोग लागेका राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् । यद्यपि सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीले भने राजीनामा कार्यालयमा दर्ता भइनसकेको बताएका छन् ।

महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा कीर्ते गरेको अभियोगमा रावलसहित उनीसहित १६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको थियो । त्यससता उनी फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment